काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज शुक्रबार सुन तोलामा ३ हजार ९ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो भाउ वृद्धिसँगै छापावाल सुन तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ८१ हजार १ सयमा किनबेच भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया