logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • नवनिर्वाचित सांसदहरूले लिए शपथ

    1.1KShares
    नवनिर्वाचित सांसदहरूले लिए शपथ

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ गराएका हुन् । तीमध्ये ४७ जना सांसदहरूले १७ मातृभाषामा शपथ लिएका छन्।उनीहरु आ–आफ्नो भेषभूषामा सजिएर आएका थिए । प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा शपथको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।

    ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

     

     



    फास्ट न्युज    
  • २०८२ चैत्र १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट