logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने

    970Shares
    पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय गरिएको बताइएको छ ।शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिनेछ ।

    कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । त्यस्तै, रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

    प्रधानमन्त्रीको शपथपछि बालेनले दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको बताइएको छ । सोही आधारमा पार्टीले अब एकल सरकार गठन गर्दै नेतृत्व सम्हाल्ने तयारी गरेको जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट