काठमाडौं । चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन शेयर मार्केटमा अझै असर गरेको छ। अहिले अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत कर घोषणा गरी सकेको छ। सुरुमा १२५ प्रतिशत भनिए पनि सुरुमा नै रहेको २० प्रतिशत करमा १२५ प्रतिशत थप कर लगाइएको जनाइएको छ।
यो युद्धका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ताको सम्भावना देखिएको बताएका छन्। चीनले पनि अमेरिकाबाट भित्रने सामानमा ८४ प्रतिशत करको घोषणा गरिसकेको छ।
एसियाको शेयर बजार भने बिहीबारमाथि अकासिएर शुक्रबार बिहानै ओरालो लागेको हो। बिहीबार बन्द हुने समयमा निक्कीको सेयर बजारमा ९.१ प्रतिशतले वृद्धि भएको थियो भने दक्षिण कोरियाको कोस्कीको ६.६ प्रतिशत तथा सांघाईको कम्पोजिटमा १.२ प्रतिशतले वृद्धि भएको छ। हङकङको हाङसेङमा २.१ प्रतिशत तथा अस्ट्रेलियाको एसएक्समा ४.५ प्रतिशतले वृद्धि भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया