logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी, गण्डकीमा छिटपुट वर्षा

    976Shares
    आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी, गण्डकीमा छिटपुट वर्षा

    काठमाण्डौ । आज कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । कोशीको तराई क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रही थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यस्तै मधेशका थोरै ठाउँमा पनि आज हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा आजको मौसम सफा नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार