जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यधपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने उनले बताए ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिरहाका रहेको प्रहरी निरिक्षक यादवले बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया