logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    1.1KShares
    अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।

    पक्राउमध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट पाँच लाख रूपियाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट