logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • कांग्रेस नेता मीन विश्वकर्माले भने- पार्टी महाधिवेशन तोकिएकै मितिमा हुन्छ

    940Shares
    कांग्रेस नेता मीन विश्वकर्माले भने- पार्टी महाधिवेशन तोकिएकै मितिमा हुन्छ

    बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले काँग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताउनुभएको छ । उहाँले काँग्रेसको विधान र संविधान अनुसार नै अबको २०-२२ महिनाभित्रमा महाधिवेशन हुने र अहिले पार्टीभित्र रहेका गुट उपगुट सकिने बताउनुभयो ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गर्नुभयो । नेता विश्वकर्माले पछिल्लो समय नेपाली काँग्रेस पार्टी चलायमान बन्दै गइरहेको पनि दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम निरन्तर रूपमा भइरहेको बताउनुभयो ।

    उहाँले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था भने नरहेको बताउनुभएको छ । अध्यादेश संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि बढ्ने भएकोले सोचेर मात्रै निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली काँग्रेसका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन ।

    उहाँले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढङ्गले भएको बताउँदै हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको काँग्रेस एमालेको गठबन्धन बनेको उहाँको भनाइ छ ।

    उहाँले फरक प्रसङ्गमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसँग जोडेर गाली गर्ने परम्परा बढ्दै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले लोकतन्त्रमा वाक् स्वतन्त्रतालाई पूर्व राजाले उच्चतम प्रयोग गरेको बताउँदै राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको बताउनुभयो ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट