logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियस

    976Shares
    आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियस

    काठमाण्डौ । आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । जनकपुरमा आजको उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको हो ।

    भैरहवा, सिमरा र विराटनगरमा २९ देखि ३१ डिग्री, त्यस्तै धनगढी, नेपालगञ्ज र विरेन्द्रनगरमा २७ देखि २९ डिग्री, धरानमा २८ देखि ३० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ ।काठमाण्डौमा आजको उच्चतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ । यी कुनै पनि शहरमा पानी पर्ने सम्भावना छैन । आज सबैभन्दा कम तापक्रम जुम्लामा राति माइनस एक डिग्रीसम्म रहने महाशाखाको अनुमान छ । अब क्रमिक रुपमा गर्मी बढ्दै जानेछ ।काठमाण्डौमा पनि घाम लागेसँगै आज आकाश खुलेको छ । हिजो परेको पानीले वायु प्रदूषणको मात्रा पनि केही घटेको छ ।

    देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नहुँदा अब तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट