काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सुरु भएको आन्दोलन स्थगित भएको छ । सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेसँगै मुक्कुमलुङ संरक्षक पक्षको आह्वानमा भइरहेको आन्दोलन स्थगित भएको हो ।
हिजो र आज भएको वार्तामा दुई पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको यस्तै, सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ । यसैगरी, गत १२ माघको घटनाको विषयमा छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति भएको छ । आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया