काठमाण्डाै | हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।
तारागाउँ रिजेन्सी होटेल, विशालबजार कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये नौवटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार कम्पनीहरूको समूहगत परिसूचक ९.७० प्रतिशतले बढेको छ । दोस्रोमा होटेल क्षेत्र ४.९९ प्रतिशतले बढेको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd