logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • २० अंकले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    946Shares
    २० अंकले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    काठमाण्डाै | हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

    आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।

    तारागाउँ रिजेन्सी होटेल, विशालबजार कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।

    कारोबारमा रहेका १३ उपसमूहमध्ये नौवटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार कम्पनीहरूको समूहगत परिसूचक ९.७० प्रतिशतले बढेको छ । दोस्रोमा होटेल क्षेत्र ४.९९ प्रतिशतले बढेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट