logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • संसदको प्रभावकारी भूमिका प्रति सत्तापक्ष गम्भीर छ : बर्ताैला

    964Shares
    संसदको प्रभावकारी भूमिका प्रति सत्तापक्ष गम्भीर छ : बर्ताैला

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् ।

    मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताएका हुन् । ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूचि त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ’ उनले भने ।
    उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताए ।

    संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको बताए ।

    प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए । ‘पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पु¥याउने सन्दर्भमा भन्नेकुरा उठाउनु भयो,’ उनले भने, ‘संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ ।’
    प्रमुख सचेतक बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप पनि लगाएका छन् ।
    उनले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने बताए ।

     



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट