logo

२०८३ आश्विन २५ आईतवार

logo
  • २०८३ आश्विन २५ आईतवार
  • मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा वीरगञ्जबाट चारजना पक्राउ

    1.1KShares
    मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा वीरगञ्जबाट चारजना पक्राउ

    काठमाण्डौ। पर्साको वीरगञ्जबाट मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिक सञ्चालनमा रहेका होटलमा जाँच गर्ने क्रममा भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी सुवास भट्टका अनुसार पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको छ । प्रहरीले दुई जना महिलाको उद्धार गरेको पनि जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट