काठमाडौ । गृहमन्त्री सुधन गुरुङले हजुरबा (बाजे) का नाममा रहेको गोरखाको २२१ रोपनी जग्गाबारे मुख खोलेका छन् । उनले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको गोरखासहित धनकुटाको झण्डै १६ रोपनी जग्गा प्रचलित भूमि ऐनविपरित हदबन्दीभन्दा बढी रहेको देखिएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
त्यसबाहेक उनले उल्लेख गरेको ८९ तोला सुन,६२ लाख बैंक ब्यालेन्स र झण्डै चार करोड रुपैयाँको सेयर लगानीबारे पनि टिकाटिप्पणी गरिएको छ । सोही विषयमा बोल्दै मन्त्री गुरुङले भनेका छन्, ‘उक्त सम्पत्ति हजुरबाको अंशबण्डा नहुँदैको हो ।’ सिंहदरबारस्थित संसद सचिवालयमा भएको रास्वपाको संसदीय दलको बैठकपछि मन्त्री गुरुङले आफ्नो स्पष्टीकरण दिएका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया