काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत शुक्रबार उहाँले सिद्धबाबा सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको बताउनुभएको हो ।
“केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरूङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ । यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज सिद्धबाबा सुरूङ मार्गको ब्रेक–थ्रु भएको छ । यो सुरूङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ । यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ ।” सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको शुक्रबार ‘ब्रेक(थ्रु’ भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया