logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी

    शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी

    910
    SHARES
    शेयर बजार २५ अङ्कले घट्दा कारोबार रकममा पनि कमी

      काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ ।यस्तै सेयर बजारमा आएको गिरावटसँगै कारोबार पनि घटेको छ ।३ अर्ब ९९ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ भने ८० लाख २१ हजार ६३१ कित्ता सेयर खरिद बिक्री भएको छ ।



    बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ । जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ ।

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से दोहोरो अङ्कले घटेको दिन विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

     


    फास्ट न्युज
  • आइतबार, २८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट