logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

    763Shares
    धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

    काठमाडौं । उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ ।आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ । चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।

    चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध पनि गरेका छन् । ती संरचनामा अवस्थित विभिन्न कारखानाका मजदुर र स्थानीयहरूले डोजर पुगेपछि अवरोध गरेका थिए ।धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ । मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अधिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार १२:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार