logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • सर्वोच्चद्वारा अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज, सांसद पद जोगियो

    994Shares
    सर्वोच्चद्वारा अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज, सांसद पद जोगियो

    काठमाडौं । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । सर्वोच्च अदालतले सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएसँगै उनको पद जोगिएको हो ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो । सांसद चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भएका थिए ।

    अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए ।



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट