logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • माओवादी केन्द्रले कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने

    1.1KShares
    माओवादी केन्द्रले कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने भएको छ । केन्द्रीय समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए ।

    उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्षले राखेको बताए ।

    बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई-मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् । यसअघि एमालेले गरे जस्तै राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट