logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन

    982Shares
    विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन

    काठमाण्डौ । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया शहरले आज घोषणा गरेको छ ।

    चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा निधन भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो । उहाँको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

    स्पेनकी मारिया ब्रान्यास मोरेराको एक सय १७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा निधन भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट