काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।
माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले मात्र मनाउने भेषभुषा नभएको बताएका छन् । उनले आज सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन् ।
उनले भने, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाँही कुनै एउटा एकल जातजातीले मात्र मनाउने भेषभुषा दिवस होइन । सबैले आ –आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपि त कसैले धोती लगाएका छन् ।’
उनीहरुले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दावाद, धोती भनेर हेप्न पाइदैन, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगाएतका प्लेकार्ड देखाएका थिए ।
सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सवै जातजातीको आफ्नै भेषभुषा रहेको र त्यसलाई सवैले आफ्नो सम्पती मान्नुपर्ने बताउनुभयो । अहिले पनि एकल भाषाभाषी लाद्ने कोशीस भइरहेकाले त्यसप्रति सजक गराउनका लागि पनि धोती दिवस मनाएको उहाले बताउनुभयो । ..
जनमतले जनवरी १ तारिकका दिन हेरक बर्ष धोती दिवस मनाउदै आएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया