logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • गैंडाको आक्रमणबाट एक महिला घाइते

    892Shares
    गैंडाको आक्रमणबाट एक महिला घाइते

    मकवानपुर । मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।

    बुधबार बिहान साढे ८ बजे मनहरी गाउँपालिका-६ लोथर खोला नजिकै रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैंडाले एक महिलामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    घाँस काट्न र गोबर टिप्न गएकी चितवन राप्ती नगरपालिका-१ दुबिचौरकी ७० वर्षीया दिलमाया स्याङ्तानमाथि गैंडाले आक्रमण गरेको हो।

    गैंडाले आक्रमण गरेको स्थानीयले देखेपछि होहल्ला गरी भगाएका थिए। गैंडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि चितवनमा पठाएको छ।



    फास्ट न्युज    
  • २०८१ पुष १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट