रुपन्देही । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल भैरहवामा कुकर बमजस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ ।
अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको थियो ।
पार्किङ क्षेत्रमा रहेका रुख कटान गर्ने क्रममा शुक्रबार बम फेला परेको थियो । प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेकोे पस्चात प्रहरी–प्रशासनलाई जानकारी गराइएको थियो । अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जानकारी दिनुभयो ।
बमलाई भैरहवास्थित कालीभक्ति गण (ई) बाट आएको टोलीले डिस्पोज गरेको थियो । प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्री लगायतका उपकरण जडान गरिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया