logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाको जित

    952Shares
    कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाको जित

    काठमाडौं । प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ । नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।

    नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलले ५ मत ल्याए ।

    ०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो ।

    तर कांग्रेस र एमाले भने पहिले पनि दयनीय अवस्थामा थिए । ०७९ को चुनावमा एमालेका धनसरा शाहीले ४ र कांग्रेसका मलेबहादुर शाहीले ३ मत ल्याएका थिए । त्यसको तुलनामा यो उपचुनावमा एमाले र कांग्रेसले ठूलो संख्यामा मत बढाए । माओवादीले भने आफ्नो जित जोगाउन सकेन । पहिलोपटक चुनाव लडेको रास्वपाको नतिजा पनि निराशाजनक रह्यो ।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट