logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • पालिका उपचुनावमा ६२ प्रतिशतभन्दा धेरै मत खस्यो

    961Shares
    पालिका उपचुनावमा ६२ प्रतिशतभन्दा धेरै मत खस्यो

    काठमाण्डौ । पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आइतबार भएको उपचुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले उज्यालोलाई जानकारी दिनुभयो ।

    सहायक प्रवक्ता चालिसेका अनुसार आइतबार भएको मतदानमा ६२ प्रतिशतभन्दा धेरै मत खसेको छ । मतदानमा वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायतका मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । उपचुनावका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता थिए ।

    नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी कुल ४१ पदका लागि आज मतदान भएको हो । यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगका सहायक प्रवक्ता चालिसेले सर्वदलीय छलफलपछि आजै आइतबार रातिदेखि मतगणना शुरू हुने बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट