काठमाडौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् ।
परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेको बताइएको छ ।भ्रमणको आवश्यक तयारीका लागि चिनियाँ राजदूत चेन सोङ,परराष्ट्र मन्त्रालयमा सचिव लगायतसँग छलफल गरिसकेकी छिन् ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd