भैरहवा(रुपन्देही): लुम्बिनीदेखि तिलौराकोटसम्म परिकल्पना गरिएको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाइकल ‘राइडर’हरूले यात्रा सुरु गरेका छन् । सुत्केरी मार्गको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित यात्राको सुरुआत गरिएको हो ।
सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाएर स्थानीय बासिन्दाको आर्थिकस्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रमपाँडे काजीले बताउनुभयो । यसमा ‘दुईपाङ्ग्रे क्विन’ समूहका १० जना महिला राइडरको सहभागिता रहेको उहाँले बताउनुभयो । राइडरहरू सुत्केरी मार्ग हँुदै कपिलवस्तुको पर्यटकीय क्षेत्रहरू कुदान, गोटिहवा, सगरहवा, निग्लिहवालगायत क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिनुभयो ।
मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटर दूरीको यात्रालाई तीर्थयात्राका रूपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । “यस मार्गमा हिँड्ने तीर्थयात्रीलाई तीनदेखि चार दिन लाग्नसक्ने र यसले लुम्बिनी तथा कपिलवस्तुमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउन सहज हुनेछ । लुम्बिनी भ्रमणका लागि आउने अधिकांश तीर्थयात्रीहरू कपिलपस्तुसम्म पुग्दैनन् । यस कार्यक्रमले कपिलवस्तुमा पर्यटकको सङ्ख्या वृद्धिमा पनि सहयोग पु¥याउने विश्वास लिएका छौँ”, पाँडेले भन्नुभयो । लुम्बिनीको सद्भावनादूतसमेत रहनुभएका पाँडेले मायादेवी सुुत्केरी मार्ग तयार भइसकेको हँुदा यसको प्रचारप्रसारका लागि सरकारीस्तरबाट प्रयास गरिनुपर्नेमा जोड दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया