सप्तरी । कञ्चनपुर नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैयाँ राईको मृत्यु भएको हो ।
कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ।
दुर्घटनामा घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी १८ घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया