काठमाडौं । नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवश्यक सहजीकरण भइरहको जनाएको छ ।
समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हज यात्रामा जान चाहने धर्मावलम्बीहरुका लागि आवदेन खुल्ला भइसकेको र हजयात्राको आवश्यक सहजीकरणको तयारी भइरहेको जनाएको हो । सन् २०२५ मा हज यात्राका लागि साउदी अरेबियाको मक्का मदिना जान चाहनेहरुसँग समितिले करिव १ महिनाअघि नै आवदेन खुला गरेको छ । सन् २०२५ का लागि नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बीहरुले हज यात्रा गर्न सक्नेगरी साउदी अरब सरकारबाट कोटा निर्धारण भएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इश्रा मुल्ला मियाले समितिले आवश्यक सहजीकरणको काम भइरहेको भन्दै धेरै भन्दा धेरै सहभागीता जनाउन आग्रह गर्नुभयो । उहाले धेरै आर्थिक भार नपर्ने गरि कम भन्दा कम रकममा हज यात्रा गराउने गरि समितिले तयारी गरिरहेको जानकारी दिनुभयो ।
साथै नेपाल हज समितिले साउदी अरव सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ । अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ ।हज समितिले सन् २०२५(हज १४४६)का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ । यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैंयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ ।गृह मन्त्रालय अन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि बर्षेनी आवेदन माग्ने गरेको छ ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd