logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

    709Shares
    प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ ।

    बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताउनुभयो ।

    यस बिषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । लामिछानले सहकारी प्रकरणमा आफुमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पिडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

    त्यसबारे सचिवालय बैठकपछि बाहिरिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा धेरै आएपछि वास्तविकता के हो ? जान्न जरुरी थियो। मैले के सोचिरहनुभएको छ भनेर सोधे। उहाँलाई मैले यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारको प्राथमिकता धेरै छन्। यो सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेको छु।’

    प्रधानमन्त्रीसँग आफ्नो भेटघाट फेवर माग्नका लागि नभएको रुपमा बुझिदिन उहाँले पत्रकारसँग आग्रह समेत गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २६, बुधबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार