logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

    ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

    442
    SHARES
    ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

    काठमाडौं ।ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ। ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घण्टा पछि नियन्त्रणमा आएको हो।



    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरु भएको थियो। आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ।

    आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीन वटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो। आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।


    फास्ट न्युज
  • सोमबार, ३ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट