logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

    841Shares
    ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

    काठमाडौं ।ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ। ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घण्टा पछि नियन्त्रणमा आएको हो।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरु भएको थियो। आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ।

    आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीन वटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो। आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार