logo

२०८३ भाद्र १८ बिहीबार

logo
  • २०८३ भाद्र १८ बिहीबार
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने

    748Shares
    प्रतिनिधिसभाको बैठक आज बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    सभामुख अर्यालले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख व्यक्त गर्नेछन् । साथै, प्राकृतिक विपद्मा परी स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र ठूलो संख्यामा नागरिक बेपत्ता भएको घटनाप्रति प्रतिनिधिसभाले शोक व्यक्त गर्नेछ ।

    बैठकमा बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्ने कार्यसूचीसमेत रहेको छ ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट