logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • टिओआरलाई दलहरूले आज अन्तिम रूप दिँदै, संसदको डेडलक पनि अन्त्य हुँदै

    817Shares
    टिओआरलाई दलहरूले आज अन्तिम रूप दिँदै, संसदको डेडलक पनि अन्त्य हुँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  उनले भने, ‘साेमबारको बैठकमा समितिको टिओआरबारे गम्भीर छलफल भयो । हाम्रो छलफल निष्कर्षउन्मुख छ, भोलि कार्यदलले अन्तिम रुप दिन्छ ।’

    कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले समितिको कार्यादेशमा लगभग सहमति भएको बताए । आज बस्ने कार्यदलको बैठकले कार्यादेशलाई अन्तिम रुप दिने उनको भनाई छ । आजको संसद बैठक कांग्रेसले अवरोध नगर्ने गिरीले जानकारी दिए ।

    उनले भने, ‘ आजको छलफल उत्साहजनक भयो । सहमतिको करिब–करिब नजिक छौँ । सहमति नै भयो भन्न सकिन्छ । मंगलबार बिहान ११ बजे हामी कार्यदलको बैठक बस्छौँ । त्यसले अन्तिम रुप दिन्छ । मंगलबारबाट संसद बैठक सुचारु हुने, जुन डेडलक छ यसको अन्त्य पनि हुन्छ । छानबिन समिति पनि बन्छ, त्यसको कार्यादेश  बिहान ११ बजे पछि जारी हुन्छ ।’



    फास्ट न्युज    
  • २०८१ जेष्ठ १५, मंगलवार ०१:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार