logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कांग्रेस आधिकारिकताको निर्णय विधि र पद्धतिअनुसार गरिनेछः प्रमुख कार्यवाहक निर्वाचन आयुक्त

    1KShares
    कांग्रेस आधिकारिकताको निर्णय विधि र पद्धतिअनुसार गरिनेछः प्रमुख कार्यवाहक निर्वाचन आयुक्त

    काठमाडाैं । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताउनुभएको छ । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन र कानून रहेकाले त्यसैअनुसार निर्णय हुने बताउनुभयो ।

    निर्वाचन आयोग विधि र पद्धतिभन्दा बाहिर नजाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयोगको संस्थागत परम्परा जुन छ त्यसैलाई टेकेर कांग्रेसको आधिकारिकता तय हुन्छ ।’प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि आवश्यक कार्यक्रम सकेर चुनाव सम्पन्न गराउने पनि बताउनुभयो ।

    नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्यसमिति चयन गरेसँगै आधिकारिकताको विवाद सिर्जना भएको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ–आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट