logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नेपालमा कारोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    नेपालमा कारोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    728
    SHARES
    नेपालमा कारोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

    काठमाडौं। नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।



    केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए ।‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.२’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘ उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी।२ छिटो फैलिएको पाइएको बताउँछन् ।‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी.२’ रहेको पाइएको छ,’ डा.पुनले भने,‘नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ।’

    उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन। सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।

    अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उनले भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने उनले बताए । कोरानाले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा। पुनको भनाइ छ ।


    फास्ट न्युज
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट