logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • धनगढीमा बालेनको भव्य स्वागत

    1KShares
    धनगढीमा बालेनको भव्य स्वागत

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको धनगढीमा भव्य स्वागत भएको छ ।मंगलबार धनगढीबाट हुलाकी सडकको मार्ग हुँदै पुनर्वासस्थित डोकेबजार पार गरेर कञ्चनपुर प्रवेश गरेका हुन्।

    झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि सुदूरपश्चिम ओर्लिएका बालेन सोमबार बाँकेको नेपालगञ्ज, बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै आज कैलाली पुगेका थिए ।

    समर्थकको नाराबाजीका बीच उनी कार्यालय बाहिरै रोकिएर हात हल्लाउँदै अभिवादन गरेपछि भीड व्यवस्थापन सम्भव नदेखेपछि बालेन सिधै कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।

    कार्यतालिकाअनुसार उनी कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुगेर त्यहाँ झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् ।

    यसअघिमाघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट