logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

    1.1KShares
    पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

    काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् ।तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।

    केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

    हाल प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आएको परराष्ट्र मन्त्रालयको कार्यभार अब शर्माले लिनेछन्।

    द्वन्द्व व्यवस्थापन र सैन्य कूटनीतिमा दख्खल राख्ने शर्माले यसअघि ‘सेना समायोजन विशेष समिति सचिवालय’को संयोजकको रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।

    शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिएका थिए । मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट