काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खसेको पहिरो हटाएर सडक दुईतर्फी नै सुचारु भएको छ । डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ । पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया