logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध

    1KShares
    संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध

    काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

    समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

    लगत्तै समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्विरोध सभापति चयन भएको घोषणा गरेका छन् । निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट