logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • विभिन्न ६ स्थानमा राजमार्ग पूर्ण अबरुद्ध

    1.1KShares
    विभिन्न ६ स्थानमा राजमार्ग पूर्ण अबरुद्ध

    काठमाडौं। वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई ‘डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । मेची, कालीगण्डकी करिडोर, सहिद राजमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आई डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–३, तरङखोलामा बाढीका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ ।रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरो खस्दा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट