logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • झापामा दारा काटेको अवस्थामा एउटा हात्ती मृत फेला

    877Shares
    झापामा दारा काटेको अवस्थामा एउटा हात्ती मृत फेला

     झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका-१२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

    स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो। ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा जति भयो मरेको,’ वन प्रमुख राईले भने, ‘दारा काटिएको सुन्नमा आएको छ, घटनाको विस्तृत विवरण भोलि पोस्टमार्टम गरेपछि मात्र खुल्छ।’

    मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरीसहितको वनको टोली नजिकै पुग्न सकिरहेको छैन। मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए। यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार