logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • आज मातातीर्थ औंशी,आमाको मुख हेर्ने दिन

    937Shares
    आज मातातीर्थ औंशी,आमाको मुख हेर्ने दिन

    काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ ।आमाको मुख हेर्ने दिनको अवसरमा विहानैदेखि मिठाई,कपडा,फलफुल खरिद गरी आफ्ना आमाहरुलाई भेट्न सन्तानहरु आमा समक्ष जान्छन्।सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरि जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

    शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा विभिन्न धार्मिक तिर्थस्थल तथा नदीहरुमा आज भिड लाग्दछ ।  त्यसैगरी आफ्ना आमा नभएका (स्वर्गारोहण भएका््) वा टाढा भएका सन्तानहरु भने वृद्धाआश्रम तथा मन्दिर जाने गरेका छन् ।

    आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । आजको दिन चन्द्रागिरी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।

    आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट