logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • अछाममा ४.३ म्याग्निच्युडको भूकम्प

    970Shares
    अछाममा ४.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।

    भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए/नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट