logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

    907Shares
    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

    काठमाडौं । संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकले स्व. सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेका थिए ।

    विसं २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७, नौबिसे काभ्रेमा जन्मिएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो ।

    हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध स्व. सापकोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट