काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ।
सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।
ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।
कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन्।
उनले अर्को दिन अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्न आग्रह गरेका थिए।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश स्वीकृतिका लागि बिहीबार निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए।
यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया