logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • प्रचण्डले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

    946Shares
    प्रचण्डले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

    अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

    संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन्। उनीहरुले संसद्मा अध्यादेशको विपक्षमा अहिलेसम्मकै सबैभन्दा धेरै ५१ वटा सूचना दर्ता गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार