logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • आज चारवटा संसदीय समितिको बैठक बस्दै

    901Shares
    आज चारवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ । जसअन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिदै छ ।

    यसैगरी, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।

    ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ३७ औँ बैठक पनि आज बस्दैछ । साढे ११ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार