logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • काठमाडौं जिल्ला अदालतमा रविको सकियो बयान

    889Shares
    काठमाडौं जिल्ला अदालतमा रविको सकियो बयान

    काठमाडौं । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ।

    जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान सकिएको हो। थुनछेक बहस पनि आजै केही बेरपछि हुने अदालतले जनाएको छ।

    अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको बयान दिन सुरू गरेका थिए। अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे उनी अझै हिरासतमा रहने जनाइएको छ।

    आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् ।

    कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

     

     



    फास्ट न्युज    
  • २०८१ पुष २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार