काठमाडौँ| मंगलबार बिहान गएको भूकम्पको क्षति विवरण बुझ्न सशस्त्र प्रहरीका २५ सय जनालाई परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा सोही संख्यामा दस्ता परिचालन गरिएको छ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका एकाइहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएकाे हाे । जनधनको ठूलो क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन। रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेकाे छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया