logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • बाँकेमा मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

    892Shares
    बाँकेमा मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

    नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा मंगलबार शुभारम्भ गरे ।

    सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

    लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको र त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानवअधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरूको न्यायका लागि प्रदेश सरकारले भूमिका बढाउने बताए ।

    ”मानव अधिकार रक्षाका निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताए । “इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन”, उनले भने, “अहिले पनि राज्यलाई मानव अधिकारको क्षेत्रबाट खबरदारी गरिरहेका छ, राज्यले मानव अधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्नुपर्छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट